१२ श्रावण २०८१, शनिबार
Logo

जिल्ला प्रहरी कार्यलय नुवाकोटलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

समाज सेवी रुपेश दाहाल र शुभनारायण कलवारद्धारा उपलब्ध स्वास्थ्य सामाग्री सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वयनमा जिल्ला प्रहरी कार्यलय नुवाकोटलाई हस्तान्तरण गरिएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्रले सामाजिक दुरी कायम गरी एक कार्यक्रमका बिच स्वास्थ्य सामाग्री नुवाकोट प्रहरी नायब उपनिक्षक राजेश थापालाई हस्तान्तरण गरको हो । २ हजार लिटर सानिटाइजर , ३ सय थान सर्जिकल मास्क, ३ सय थान पंजा हस्तान्तरण भएको छ । यो बिषम परिस्थीतिमा अहोरात्र खटिएर जनताको सेवामा तल्लीन प्रहरीको लागी उक्त सामाग्री हस्तान्तरण गरेको जनाइएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्सब अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वास्थ्य कर्मी पुरुषोत्तम भण्डारी , लगाएतको उपस्तीथी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्