५ चैत्र २०८१, बुधबार
Logo

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार नाघ्यो

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार नाघेकाे छ ।  

पछिल्लो २४ घण्टामा पाँच सय ८६ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितकाे कुल सङ्ख्या सात हजार एक सय ७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । याे नेपालमा एकैदिनमा सङ्क्रिमत हुनेकाे सङ्ख्यामध्ये अहिलेसम्मकै धेरै हाे । 

नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या एक हजार एक सय ६७ पुगेको छ । नेपालमा अहिलेसम्म एक लाख ४९ हजार सात सय ७२ जनाको पीसीआर विधिमार्फत कोरोनाको परीक्षण भएको छ । त्यस्तै मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख ३३ हजार जनाको आरडीटीमार्फत कोरोनाको परीक्षण भएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्