१२ श्रावण २०८१, शनिबार
Logo

ककनीमा मापदण्ड बिपरित संचालनमा रहेका ३ वटा मासु पसल शिल

ककनी गाउपालीकाले पालीका भित्रका बजारहरुको अनुगमन गरेको छ । मंगलबार अनुगमनको क्रममा मापदण्ड बिपरित संचालनमा रहेका ब्याबसाय शिल गरेको उपाध्यक्ष सिता खतिवडा लामाले बताउनु भयो ।
बजार अनुगमनको क्रममा मुल्यमा विविधीकरण , पसल अव्यवस्थित, किराना पसलेले खाद्यन्न भन्दा अखाद्य माल बिक्री गरेकाले उनीहरुलाई सचेत गराइएको उपाध्यक्ष खतिवडा लामाले बताउनु भयो । पसलमा समान मूल्यसुची हुनु पर्ने, म्याद नाघेका सामान बिक्री गरेमा र बजार मूल्य भन्दा बढीमा बिक्री गरेको पाइयमा कानुन अनुसार कार्बाही गरिने भएकाले बिधी पुर्वक ब्याबसाय संचालन गरि जिम्मेवार नागरिको भुमीका निर्वाह गर्न सबै ब्याबसायीहरुलाई उपाध्यक्ष खतिवडा लामाले आग्रह गर्नु भएकोे छ ।
उहाले अनुगमनको क्रममा काउलेथानाको २ वटा र ककनी बजारको १ गरि ३ वटा मासु पसल निती बिपरित संचालन भैरहेकाले ब्यबस्थित बधशाला निर्माण नगरेसम्मको लागि शिल गरिएको बताउनु भयो । उहाले आफुले फाइदा दिने नाममा आम नागरिको स्वास्थ्य संग खेलबाड गर्नेलाई कानुन बमोजिम सजाय हुने समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्