१२ श्रावण २०८१, शनिबार
Logo

कोरोना राहत कोषमा पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको एक लाख सहयोग

पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानले कोरोना रोकथाम उपचार तथा राहत कोषमा १ लाख सहयोग गरेको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई प्रतिष्ठानले १ लाखको चेक हस्तान्तरण गरेको हो । देश कोरोना महामारी विरुद्ध लडिरहेको बेला सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको प्रतिष्ठानका कोषाध्यक्ष रुद्र ढुंगेलले बताउनु भयो ।

२०७१ साल भदौ ३० गते हृदयघातबाट निधन हुनु भएका सरल , भद्र जन नेताको रुपमा परिचित तत्कालिन एकीकृत माओवादीका उपाध्यक्ष पोष्ट बहादुर बोगटीको नाममा गठित प्रतिष्ठानले विभिन्न मानवीय तथा सामाजिक सहयोगका कार्यक्रम गर्दै आएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्