१२ श्रावण २०८१, शनिबार
Logo

ककनी गाउपालीकाद्धारा कोरोना प्रभाबित ठाउबाट फर्केका नागरिकहरुको लागी सुबिधा सम्पन्न एकान्तबासको निर्माण

ककनी गाउपालीकाले जिल्लाकै उत्कृष्ठ एकान्तबास अर्थात क्वारेन्टाइन निमार्ण गरेको छ । गाउपालीकाले भारतमा कामको शिलशिलामा गएका आफ्ना नागरिक गाउ फर्कने खबर पाए पछि २५ शैयाको बेड तयारी अबस्थामा राखेको छ ।
पालीका अध्यक्ष मान बहादुर लामाका अनुसार वडा नं. ३ मा रहेको श्री मुकुन्देश्वरी मा.विमा सो क्वारेन्टाइन निर्माण गरेको हो । उहाले आबश्यकता अनुरुप क्वारेन्टाइन ब्यबस्था गदै जाने बताउनु भयो । पालिका उपाध्यक्ष सिता खतिवडा लामाले पालीकामा केही दिन अघि २ जना भारतबाट पाउनु भएको र पालीकाको क्वारेन्टाइनमा बिधिपुर्वक बसेको बताउनु भयो । उहाले बुधबार ८ जना नागरिक पालिका आउदै गरेको समेत जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्