२९ आश्विन २०८१, मंगलवार
Logo

बिदुर नगरपालीका वडा नं ५ मा २५ प्रतिशत मकैबाली क्षती, अल्कोरा वा क्लोरान्ट्रानिलिपोल औषधी प्रयोग गर्न आग्रह

नुवाकोटका बिभिन्न स्थानमा लगाइएको मकै बालीमा अमेरिकन फौजी किराको आक्रमण सुरु भए सगै कृषकमा चिन्ता बढेको छ ।
बिदुर नगरपालीका वडा नं ५ मा रहेको पिपल्टार र माझीटारमा लगाइएको मकै बाली अमेरिकन फौजी किराले २० देखी २५ प्रतिशत सम्म नष्ट गरेको कृषी ज्ञान केन्द्र नुवाकोटका कृषी अर्थ बिज्ञ बिशाल ढकालले बताउनु भएको छ ।
ढकालले फौजि किराले निकै छिटो बाली क्षती गर्ने हुदा मकैमा प्रकोप कै रुपमा देखा परेको किरा नियत्रणमा लिए सहि बिसादी प्रयोग गर्न कृषकहरुमा सुझाब दिनु भएको छ ।
अन्दाधुन्द बिषादीले मात्र किरा नियत्रण नहुने भएकाले क्लोरान्ट्रानिलिपोल वा अल्कोरा नाममको औषधी प्रयोग गर्न कृषकलाई बिज्ञको सुझाब छ । १ मिलीलीटर औषधि ३ लिटर पानीमा प्रयोग गर्नुपर्ने बिज्ञले सुझाव दिएका छन् ।
फौजी किरा सजिलै चिन्न सकिने समेत बताउनु भएको छ । किराको टाउकोमा अंग्रेजि अक्षरको उल्टो वाइ ,पछाडी चार वटा थोप्ला भएको किरा अमेरिकन फौजी किरा भनेर चिन्न सकिने छ ।
फौजी किराको प्रकोप नुवाकोटको बिदुर नगरपालीको माझीटार , पिपलटार , इनारपाटी बट्टार, तारकेश्वर गाउपालीका , बेलकोटगढी नगरपालीका लगाएतका क्षेत्रमा किरा नियन्त्रण भन्दा बाहिर गैरहेको गुनासो आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्