१२ श्रावण २०८१, शनिबार
Logo

फौजीकीराको आक्रमणबाट मकैबालीमा क्षती, स्थानिय सरकार रकृषीज्ञान केन्द्र नुवाकोट रमिता हेर्दै

फौजीकीराको आक्रमणबाट मकैबालीमा क्षती पुग्न थालेको छ । साना तथा ठुला सबै प्रकारका मकैको गुबो किराले खाने समस्या आउन थालेको र यो किराको प्रकोप नियन्त्रण भन्दा बाहिर गैरहेको कृषकहरुको गुनासो छ ।
मुख्य बाली मकैमा लागेको अमेरिकी फौजी कीराका कारण मकैको उत्पादन स्वाहा हुने भएको छ । नुवाकोट जिल्लाका अधिकांश क्षेत्रका खेतबारीमा मकैमा एकै प्रकारको समस्या देखिएको छ ।
कृषी ज्ञान केन्द्र नुवाकोटले यस विषयमा थाहा नपाएको जस्तो गरेको आरोप पनि छ ।

अक्कलादेबी कृषी सहकारी संस्थाका अध्यक्ष जितेन्द्र अर्यालले स्थानिय सरकारले कुनै चासो नदेखाएको बताउनु भएको छ । कोरोना भाइरस नियन्त्रणका लागी गरिएको लक डाउनको समस्यामा आर्थिक चपेटा सहेर बसेका कृषकहरुलाई कीराको प्रकोपले निकै समस्या बनाएकोले तत्कालै यसको ब्यबस्थापनमा लाग्नु पर्ने अध्यक्ष अर्यालको भनाइ रहेको छ ।

त्यस्तै सामाजिक संजालहरुमा किशानलाई परेको समस्या समाधानको लागी स्थानिय सरकार नलागेको भन्दै आलोचना समेत भैरहेको छ ।
फौजी किराले मकै लगाएको ८ देखि १० दिनमा नै क्षती पु¥याउन थालेको छ । मकै छरे देखि नै विभिन्न किराहरुको आक्रमण त हुने नै गर्छ । ति मध्ये एक हो अमेरिकन फौजी किरा यो किराले जिल्ला भरका कृषकहरुले निकै दुख पाइरहेका छन् ।
आफुले जानेको र बजारमा पाउने औषधिले पनि किरा नमरेको कृषकहरुले बताएका छन् । फौजि किरा मकैमा मात्र नभएर धान ,गहुँ कोदो ,जुनेलो र अन्य तरकारी बालीमा समेत सर्न थालेको छ ।
स्थानिय सरकारले कुनै खालको कदम नचालेको गुनासो कृषकहरुको छ ।
कोरोना भाइरसका कारण भइरहेको बन्दाबन्दीले निकट भविष्यमै खाद्यान्न अभाव हुने अनुमान भइरहेको छ । झन् यस्तो अवस्थामा मुख्य बालीमै लागेको किराका कारण कृषकहरुमा सन्नाटा छाएको छ । स्थानीय सरकार र कृषि ज्ञानकेन्द्रले यस तर्फ तत्कालै ध्यान दिनु आवश्यक देखिएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्