१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वर गाउँपालिकाको एक महिलामा आरडीटी परीक्षणमा कोरोना पोजेटिभ

तारकेश्वर गाउँपालिका वडा नं ३ ढकाल थोककी एक महिलामा आरडीटी विधिबाट गरिएको परीक्षणमा कोरोना नतिजा पोजेटिभ देखिएको छ ।
उनलाई कोरोना पोजेटिभ देखिए सगै थपपरिक्ष्णको लागी टेकु पठाइएको छ । करिब १ महिना अगाडी धादिङको गजुरी सम्मको यात्राबाट फर्किएकी उनमा केही दिनयता ज्वरो आउने, सास फेर्न गाह्रो हुनेलगायतका समस्या देखा परेपछि त्रिशूली अस्पतालमा तिब्र परिक्षणबाट गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
उनको परिवारका सदस्यहरु कोही पनि कोरोना संक्रमण क्षेत्र तथा ठाउमा नगएको पाइएको छ ।
आरडिटी परिक्षणमा कोरोना पोजेटिभ देखिए पनि पिसीआर रिपोट नेगेटिभ आउन सक्ने त्रिशुली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रेमकुमार राईले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्