नेपालमा कोरोना सङ्क्रमित ४४४ पुगे
![](https://www.jalapanews.com/wp-content/uploads/2020/03/swasthya-mantralaya-1_txLEhKcbWm.jpg)
– नेपालमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा उनीहरुको कोरोना पोजेटिभ देखिएको हो ।
झापा कचनकवल गाउँपालिका ३, ६ र ८ का दुई जना १८ वर्षका, दुई जना १९ वर्षका र अरु २२, २३, २५, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
![](https://unncdn.prixacdn.net/media/albums/444_xHRRqhMF9w.jpg)
त्यस्तै धनकुटाका ३४ वर्षका पुरुष, सुनसरी धरान उपमहानगरपालिकाका ५१ वर्षका महिलामा पनि सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
आज थपिएका १७ जनासहित नेपालमा कोरोना सङ्क्रमितको संख्या ४ सय ४४ पुगेको छ । सङ्क्रमितमध्ये उदयपुरको भुल्केका आठ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४५ पुगेको छ ।
अहिलेसम्म ३८ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणका कारण अहिलेसम्म दुई जनाको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस्