स्थानिय सरकार कृषी मुखी बन्दै, कृषक उत्साही , बर्षौ देखी बाजो जमिन हराभरा बन्दै
लक डाउनको समय लम्बिदै जादा स्थानिय सरकारहरु कृषी उत्पादमा जोड दिन लागेका छन् । कोरोना भाइरसको बिश्वब्यापी माहामारी नेपालमा समेत देखिन थाले पछि स्थानिय निकायमा नागरिकहरु आउने क्रम ह्वात्तै बढेको छ । गाउपालीकाहरुमा नागरिकको संख्या बृद्धि हुन थाले सगै गाउपालीहरुले कृषीलाई मुख्य आधार बनाउन थालेको हो ।
यसै क्रममा नुवाकोटको तारकेश्वर गाउपालीकाले आफ्ना कृषकरुका लागी एक एक बोरा रासायनीक मल निशुल्क उपलब्ध गराउने भएको छ । पालीकाले पालीका भित्रका ४ हजार ४ सय ४५ घरधुरी कृषकलाई मल उपलब्ध गराउने भएको छ । तारकेश्वर गाउपालीकाले कृषी उत्पादनलाई जोड दिन कार्यपालीकाले निणर्य गरेको अध्यक्ष रमेश बहादुर वस्तीले बताउनु भयो ।
उहाका अनुसार गाउपालीकाका खेती खेती योग्य जमिनमा फरक फरक उत्पादन हुने हुदा कृषी प्राबिधिकको निर्देसन अनुसार खेती प्रणलीलाई अबलम्बन गर्न सुरु गरिएको समेत बताउनु भयो । उहाले पालीका भरीको हावा पानी फरक रहेकाले एकैप्रकारका बिउबिजन काम नलाग्ने हुदा कृषी ज्ञान केन्द्र संग सरसल्लाहा गरि उत्पादनमा जोड दिन लागी परेको बताउनु भयो ।
तारकेश्वर गाउपालीकाले जस्तै पंचकन्या गाउपालीकाले पनि आफ्ना नागरिकहरुलाई धानको बिउ अनुदानमा दिने निती तय गरेको छ । गाउपालीकाले आफ्ना धान उत्पादक कृषकहरुका लागी आबश्यक पर्ने धानको बिउ २५ प्रतिशत अनुदानमा दिन तयार भएको छ । पालीकाले सुचना नै जारी गरेर आफुहरुलाई आबश्यक पर्ने धानको बिउका बिषयमा वडालाई जानकारी गराउन अनुरोध गरे सगै वडामा अहिले धानको बिउ माग गर्नेहरुको बिबरण संकलन गर्ने काम भैरहेको छ ।
पालीकाले आफुलाई चाहिने धानको बिउ स्थानिय स्तर मै उपलब्ध गराउने भने सगै स्थानियहरु निकै हर्षित भएका छन् ।
यो बिषम अबस्थामा धानको बिउ खदिका लागी अन्यत्र जादा पनी संक्रमणको जोखिम हुन सक्छ । पालीकाले यो बिषम अरिस्थीतीमा उत्पादनमा कमी नओस भन्नका लागी धानको बिउ बितरण गर्न लागीएको अध्यक्ष तेजबहादुर तामाङ रमेशले बताउनु भयो । उहाका अनुसाार यो नितीले उत्पादनमा बृद्धि भए सगै कृषकहरुले समेत राहातको महशुस गर्ने बताउनु भयो ।
स्थानीय सरकार कृषीमुखी बन्ने हो भने कृषी उत्पादनमा बृद्धि हुनेछ । उसो त आफ्नो कार्यक्षेत्रबाट घर फर्किएकाहरु समेत बर्षैा देखी बाजो रहेको जमिन खन जोत गरिरहेकै छन् । त्यसमाथी स्थानिय सरकाले बिउ तथा रासायनीक मल उपलब्ध गराउदा कृषकहरुमा थप राहात मिल्ने छ ।
प्रतिक्रिया दिनुहोस्