पंचकन्या गाउपालीकामा लकडाउन थप कडा, खाद्यन्न र औषधी पसल मात्र समय मिलाएर संचालन हुने

नेपालमा कोरोना भाइरसको संक्रमण दिनानु दिन बड्न थाले सगै नुवाकोटका स्थानिय तहहरु थप सजग देखिएको छ । कोरोना भाइसरको जोखिम कम गर्न पालीकाहरु हर प्रकारका कोशिस गरिरहेका छन् ।
नुवाकोटको पंचकन्या गाउपालीकाले लक डाउन थप कडा बनाउने भएको छ ।
पालीकाले भिडभाड हुने सबै प्रकारका ब्याबसाय बन्द अर्को सुचना नआए सम्म बन्द गर्ने भएको हो । गाउपालीकाका अध्यक्ष तेजबहादुर लामाका अनुसार खाद्यन्न पसल , औषधी पसल मात्र संचालन गर्न पाइने छ । अध्यक्ष तामाङले पालिकामा होटल ,रेष्टुरेण्ट , कपडा ,तथा कस्मेटिक पसल संचालन गर्न नपाइने बताउनु भयो । उहाले पंचकन्या गाउपालीकाका नागकिहरु कोही कसैमा कोरोना संग मिल्दो जुल्दो लक्षण देखिएमा तुरुन्त ९८५१०८०४२९ मा वा सम्बन्धीत वडा कार्यलयमा खबर गर्न अनुरोध गर्नुभएको छ ।
पञ्चकन्या गाउँपालिकाले विपद व्यवस्थापन समिति, जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयलाई ध्यानमा राखी अनावश्यक भेला तथा जमघट गर्न नपाउने, अत्यावश्यक व्यापार व्यावसाय निश्चीत समयमा मात्र संचालन गनए पाइने र वन्दावन्दीलाई पुर्ण कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
अत्यावश्यक पसलहरु विहान चार घण्टा र बेलुका ३ घण्टा मात्रै सञ्चालन गर्न पाइने छ ।
आफ्नो पालीका सुरक्षती राख्न नेपाल सरकारले भन्दा पहिला लक डाउन गरेको पंचकन्या गाउपालीकले उच्च खोखिम कम गर्न लकडाउन कडा पारेको हो ।
लकडाउनको समयमा पालीका आउन नसेकाकाहरुलाई वाडामा नै तथ्यांक संकलन गरि काठमाडौ ,भक्तपुर ललितपुर लगाएका क्षेत्रमा बसोबास गर्ने ६५ घर परिवारका ३५२ जना नागरिकहरुलाई समेत पालीकाले राहात घरघर मै पुर्याई दिएको थियो ।
अहिले काडमाडौका बिभिन्न स्थानमा कोरोना संक्रमितहरु भेटिन थाले पछि दुरी गत हिसावले नुवाकोट नजिक हरेकाले जोखिम न्युनीकरण गर्न आफुहरुले लकडाउन थप कडा पारेको प्रमुख प्रशासकिय अधिकृत नरेश पुडाशैनिले जानकारी दिनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्