१२ श्रावण २०८१, शनिबार
Logo

ट्रेड युनियन काँग्रेस नुवाकोटद्वारा लिखुका स्वास्थ्यकर्मीलाई ‘पिपिइ’


बिदुर । नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले लिखु गाउँपालिकाका स्वास्थ्यकर्मीहरुका लागि ब्यक्तिगत सुरक्षा उपकरण(पिपिइ) उपलब्ध गराएको छ । सोमबार बिहान युनियनका जिल्ला अध्यक्ष शिव देबकोटाले लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ र वडा अध्यक्ष हरिशरण लामिछानेको रोहवरमा गाउँपालिकाका स्वास्थ्य संयोजक भीमबहादुर रोकालाई ४ थान पिपिइ हस्तान्तरण गरेका हुन् ।
त्यसक्रममा गाउँपालिका अध्यक्ष श्रेष्ठले ट्रेड युनियनको सहयोगले अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने धारणा ब्यक्त गर्दे आम नागरिकलाई कोरोना संक्रमणबाट जोगाउन सबैको ऐक्यबद्ध प्रयत्न आवश्यक रहेको बताए ।


ट्रेड युनियन नुवाकोटका अध्यक्ष देबकोटाका अनुसार युनियनले यसअघि पनि जिल्ला अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी र संचारकर्मीहरुलाई आवश्यक सामग्री उपलब्ध गराईसकेको छ भने आगामी दिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई आवश्यक ब्यक्तिगत सुरक्षा उपकरण उपलब्ध गराउने तयारी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्