२५ भाद्र २०८१, मंगलवार
Logo

खाद्यन्न ढुवानीको लागी दिएको पासको दुरुपयोग गरि नुवाकोटका ब्याबसायी रक्सी बोक्दै

नुवाकोटको गंगटे बजारमा शुक्रवार विहान प्रहरीले खाद्यान्न भनिएको गाडीबाट करिब ४ लाख ६ हजार ३५ रुपैया बराबरको ५२ बक्स मदिरा बरामद गरेपछि प्रहरी फन्दामा परेको गाडी ब्याबसायी कै पहलमा छुटेको छ ।
गाडी छुटाउन नुवाकोट उद्योग बाणिज्य संघ, नुवाकोट मदिरा ब्यबसायी संघको दवाबमा छुटाएको बुझिएको छ । नुवाकोट प्रहरी प्रमुख अभिनारायण काफ्लेका अनुसार आफुहरुले आबश्यक कारबाहीको लागी जिल्ला प्रशासनलाई जिम्मा लगाएकको बताउनु भयो । जिल्ला प्रशासन नुवाकोटले आबश्यक कारबाही गरि छाडेको नुवाकोट प्रहरी प्रमुख काफ्लेको भनाई छ ।
आज बिहान ढुङ्गेबाट लिखु गाउँपालिकाका लैजादै गर्दा गंगटे बजारमा चेबजाँचमा खटिएका प्रहरीले सो रक्सी बरामद गरेका थिए ।
१९ च २६४५ नम्बरको बोलेरो आज बिहान करिब ८ बजे नियन्त्रणमा लिगी अहिले साझमा छाडिएको हो ।
त्यस्तै नुवाकोट उद्योग बाणिज्य संघ नुवाकोटका माहासचिव कृष्ण अधिकारीले आफ्नो फेसबुक मार्फत नुवाकोट उद्योग बाणिज्य संघले पास दिएकाहरुले दुरुपयोग गरेपनि जिम्मा लिन नसकिने बताएका छन् । भने सामाजिक संजाल प्रयोग कर्ताहरुले महोत्सब काण्ड, फ्रुटीकाण्ड, र रौसी काण्ड भन्दै ब्याग्य गरिरहेका छन् ।
सरकारले अत्यावश्यक कामको लागी पास बितराण गरे पनि नुवाकोटका ब्याबसायीहरुले खाद्यन्न ढुवानीको नाममा यसको दुरुपयोग गरेको पाइएको छ । संक्रमण रोग ऐन अनुसार कारबाही गरिनु पर्नेमा यसरी सजिलै नियन्त्रीत गाडीलाई छाड्नुले नुवाकोट प्रशासनले आर्थिक मिलेमतो मै छाडिएको समेत आकलन सरोकारवालाहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्