कोरोनाको कारणले दुखी भाछ मन
कृष्ण प्रसाद पाण्डे
सुन्नुहोला बुबा मुमा सुन्नोस दाजुभार्इृ
कोभिट उन्नाइसको कबिता बनाइ
पशुपतिनाथ तिम्रो शरणमा पर्छु
देखे जाने बुजे सम्म सबै बयान गर्छु
नौलो रोगले विश्वलाई तर्सायो, महामारि को कोस्ले बर्सायो
कुन देश बाट सुरु भयो कति राष्ट्र भए
कति कति मानिस मरे हजार मर्का सहे
नेपाल मानी के के भयो सबै सुन्न पाउ
जिल्ला र प्रदेशहरु सबै गाउं गाउं
जाने जति बताइदेउ दाई , जानकारी हुने छ सबैलाई
चाइना बाट सुरु भयो वुहाङ प्रान्त अरे
ऐले सम्म लाखौ लाख मरे
चाइनाले रोग नी नियन्त्रण गर्यो
लक्डाउन भो देशै भरी घर कोठा भर्यो
सुने मैले समाचार भएको, छैन मत चाइनामा गएको
बिदेश तिर लाखौ लाख रोग त रैछ खत्रा
अन्य देशमा धेरै मरे भए अलपत्र
लास उठाउने मानिस छैन टीफरले बोक्ने
इस्काभेटर खाडल खन्ने लास राखेर छोप्ने
नसुनेको कोरना आयो, विस्वभरी त्यसैले सतायो
इटालिमा कयौ हजार अस्टेलिया हेर
अरु देशमा कती कती गनी साध्य होर
कति जना हस्पिटलमा कती बिसेक भए
कती जना भागेकानी समातेर लगे
क्वारेन्टाइन घर स्कुल राखेर, १४ औ दिनमा घर गए जाचेर
एस्तै बिपत हाम्रो देश नेपालमा आको
कती जना के के भए मैले सोध्न लाको
बिदेशमा नेपालिको खबर सुनाइदेउ
साँचो सत्य जाने जती मलाई बताई देउ
बिदेशमा के कती मर्या छन् , खाका छन्की भोक भोकै मर्याछन्
अैले सम्म सयौ जना पहिचान भाको
बिसेक भई ३५ जना आप्नो घर गाको
बिदेश गाका नेपाली नी कती मरे मरे
बिरामी छन् कती जना पत्तो छैन
सबै रिपोट् नेपालले मागन, सके फर्काउ आफ्नै घर आगन
सरकारको गृहमन्त्री पुलिस प्रशासन
के के गर्छन् काहा जान्छन् सबेै मलाई भन
सुरक्षाका सामान हरु के के दिएको छ
तिनै तहको सर्कारले के के गरिरा छ
बताई दिनोस म सुन्न पाउँ, सबै जन्ता दिक्षीत गराउ
ऐले सम्म नुवाकोटमा क्षती भाको छैन
राहात ल्यायो सरकारले जनताकोमा छैन
नेता पसे कुन्दुलामा जनता सामु छैन
माक्स साबुन हात धुन कयै लाएको होइन
जन्ता बसे बिचलित भएर, साथ देउ घर घरमा गएर
कोरोनाको रोग बारे के के गर्नु पर्छ
के के प्रयोग गरे देखि त्यो कोरोना भाग्छ
सबै कुरा बताई दिनोस हामी प्रयोग गर्छौ
भने जाति गर्यो भने हामी किन मथ्र्यौ
प्रयोग गरौ सब कुरा लगेर, भाबुक बन्छु त्यो कुरा सुनेर
साबुनले मिची मिची हात धुने गर्नु
सेनीटाइजर हातमा लगाई मुखमा माक्स बेर्नु
तातो पानी सधै खानु चिल्लो रहित् खाना
हात मिलाउन हुन्न साथी नमस्कारै गर्नु
भीड भाड्मा नजानु दाजुभाइ, एति गरे हुदैन कसैलाई
जिल्ला मेरो नुवाकोट बेलकोटगढी तेह्र
घर मेरो पाण्डे गाउँ मिलन चोक नेर
कृष्ण प्रसाद पाण्डे भन्छन वारी पारी जन
कोरोनाको कारणले दुखी भाछ मन
प्रतिक्रिया दिनुहोस्