१२ श्रावण २०८१, शनिबार
Logo

क्रसरले बनाएको खाल्टोमा डुबेर ९ बर्षीय बालकको मृत्यु

क्रसरले बनाएको खाल्टोमा डुबेर गम्भीर घाइते भएका ९ बर्र्षीय बालकको काठमाडौ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको छ ।

नुवाकोटको पन्चकन्या गाउँपालीका र लिखु गाउँपालीकाको सिमानामा रहेको लिखु खोला नजिकै क्रसरले बनाएको खाल्डोमा डुवेर एक बालक गम्भिर घाइते भएका थिए ।
उक्त क्रसरले वालुवा उत्खन्नन गर्न वनाइएको खाल्डोमा बुधबार पौडी खेल्ने क्रममा डुवेर स्थानीय बालक गम्भीर घाइते भएका थिए ।
घाइते बालकलाई स्थानीय कार्की फामेर्सीमा उपचार सम्भव नभएपछी थप उपचारको लागी एम्बुलेन्स मार्फत काठमाडौ लैजादै गर्दा बाटो मै मृत्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्