२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

ट्रेड युनियनद्वारा सूर्यगढीका स्वास्थ्यकर्मीलाई ‘पिपिइ’

नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्टको सहयोगमा सूर्यगढी गाउँपालिकाका स्वास्थ्यकर्मीहरुका लागि ब्यक्तिगत सुरक्षा उपकरण(पिपिइ) उपलब्ध गराएको छ ।

मंगलबार बिहान युनियनका जिल्ला अध्यक्ष शिव देबकोटाले सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर तमाङ र प्रमुख प्रशासकीय अधिकृत यज्ञेश्वर पाण्डेको रोहवरमा स्वास्थ्य संयोजक नरेन्द्र डंगोललाई ५ थान पिपिइ हस्तान्तरण गरेका हुन् ।
त्यसक्रममा गाउँपालिका अध्यक्ष घलेले कोरोना संक्रमण रोकथामका लागि सबैको ऐक्यबद्ध प्रयत्न आवश्यक रहेको बताउँदै ट्रेड युनियनको सहयोगले अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने धारणा ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्