१२ श्रावण २०८१, शनिबार
Logo

नेपालमा आज एकै दिनमा थप ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१

नेपालमा आज एकै दिनमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितमा कपिलबस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना तथा बारा जिल्लाका १ जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ भने ३३ जना निको भएका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्