१२ श्रावण २०८१, शनिबार
Logo

बागमती प्रदेश सांसद पाण्डे तथा मैनालीद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

नेकपा नुवाकोटका नेता तथा बागमती प्रदेश सांसद , बागमती प्रदेश नेकपा ससंदका प्रमुख सचेतक केशवराज पाण्डेल र बागमती प्रदेश सांसद बद्रि मैनालीले संयुक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ ।
आइतबार नेता मैनाली र पाण्डेले तादी, दुप्चेश्वर, शिवपुरी गाउपालीकालाई पिपिइ, स्यानिटाइजर ,मास्क लगाएतको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणवाट बच्न र बचाउन नेपाल सरकारले गरिरहेको लकडाउनको अवस्थामा कोरोना भाइरसलाई नियन्त्रणगर्नका लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सांसद मैनालीले बताउनु भयो ।

कार्यक्रममा कोरोनाभाइरस महामारीले स्थानीय जनतामा पारेको प्रभाव,त्यसको रोकथाम ,नियन्त्रण र उपचारको लागि आबश्यक स्वास्थ्य ब्यवस्थापन,राहतको अबस्था लगायत बिषयमा अन्तरक्रियात्मक छलफल भएको सांसद मैनालीका सोकिय सचिव दिपक कार्कीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्