११ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

१३ हाइकुहरु

–वैरागी जेठा

१.मान्छेका आँखा

द्रव्यमा बज्रिदोँ छ

भुवँरी बनि ।

Shivapuri rural municipality awareness message jalapanews

२.कक्रिएको छ

जीवन आक्रोशमा

भोका नाङ्गाका

३.रगत बग्छ

युद्धको बाढीसँगै

झुण्डि सपना ।

४.गजब मान्छे

रक्तिम हिमचुली

कहाली लाग्छ ।

५.रँगिन्छ माटो

क्रान्तिका चाडहरु

कर्तव्य दुःखी ।

७.बाटुलो सूर्य

गुञ्जित नभएर

राहुको राज्य ।

८.अस्तित्वहरु

मर्दै मर्दै गएका

देख्दैनौ मृत्यु ।

९.वाग्मती भन्दा

बढी गनाएकाले

भविष्य ढल्यो ।

१०.लाजै नमानि

हात छैन मसित

ऊ सडकमा ।

११.एउटी भन्थी

लोग्ने विरुद्ध

आज बचाइदिनु ।

१२.यी हातहरु

दिशाहीन बाटोमा

हाम्रै विरोध ।

१३. अब विरोध

पाइलाहरुसँगै

ए ! डिब्वाहरु ।

प्रतिक्रिया दिनुहोस्