१२ श्रावण २०८१, शनिबार
Logo

घोरल बेपत्ता पार्ने डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसाद एक लाख घुससहित पक्राउ

कार्यालबाटै घोरल बेपत्ता पार्ने डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसाद यादव एक लाख घुससहित पक्राउ परेका छन । केहीबेरअघि उनी कार्यालयबाटै एक लाख घुससहित पक्राउ परेको नेपाल पत्रकार महासंघ नुवाकोटका सचिव जगदिश खनालले जानकारी दिए । यस विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले अहिले थप अनुसन्धानको काम गरिरहेको छ ।

नुवाकोटको पञ्चकन्या गाउँपालिकाको भद्रुटारमा अलपत्र अवस्थामा रहेको घोरल स्थानीयले उद्धार गरेर जिल्ला वन कार्यालयमा बुझाएको केही घण्टामै घोरल वेपत्ता पारिएको थियो । भद्रुटारको त्रिवेणी धाम नजिकै घोरल फेला पारेपछि स्थानीयले उद्धार गरेर विदुरमा रहेको जिल्ला वन कार्यालयमा लेगेर बुझाएका थिए ।

तर बुझाएको केही घण्टामै रहस्यमय रूपमा घोरल वेपत्ता पारिएको थियो । घोरल बुझाउने स्थानीयहरूले कर्मचारीकै मिलेमतोमा घोरल वेपत्ता पारिएको दाबी गरेका थिए । हिमाली बाख्रोको उपमा पाएको घाइते अवस्थामा रहेको घोरल मध्यरातमा फलामको खोर भत्काएर भागेको भनेर वन कार्यालयले पन्छिने कोशिश गरिरहेको थियो । यसै पनि घाइते रहेको उक्त घोरलले कसरी फालामको बार भत्कायो होला ? अर्को कुरा मुस्किलले त्यहाँभित्र अटाएको घोरलले सिंगाैरी खेल्ने अवस्था पनि छैन ।

घोरल उच्च पहाडी भेग तथा भित्री मधेशमा पाइने एक प्रकारको शाकाहारी तथा स्तनधारी जंगली जनावर हो । यसलाई कतै कतै “घोर”, “घोड” आदी नाम दिएको पनि सुनिन्छ । हेर्दा बाख्रा जस्तै देखिने भाले घोरलको सिङ पनि हुन्छ तर पोथी घोरलको सिङ हुदैन । घोरल मानिस तथा अन्य पशुहरू जान नसक्ने भीरमा चर्छ । मासुको लागि शिकार र वासस्थानको कमीको कारण यो लोप हुने स्थितिमा पुगेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

घोरलको काँधको उचाइ ६५ देखि ७० सेन्टिमिटर हुन्छ। तौल २५ देखि ३५ किलोग्राम हुन्छ। घोरलको घाँटीको तल्लो भाग सेतो रङको हुन्छ। घोरल बाख्रा प्रजातिमा पर्छ। नेपाली अनुसन्धानकर्ताहरूले यसलाई हिमाली बाख्रा भनेका छन्। यसको अंग्रेजी नाम हिमालयन घोरल र वैज्ञानिक नाम निमोरहेड्स गोरल हो। दैनिकीबाट साभार

प्रतिक्रिया दिनुहोस्