१२ श्रावण २०८१, शनिबार
Logo

स्थानिय जनशक्तिको प्रयोग गरेर महत्वपुर्ण योजनाको काम गर्दै तारकेश्वर गाउपालीका

नेपालमा कोरोना भाइसरको संक्रमण विस्तारै बढ्दो छ । भाइरसको संक्रमण फैलन नदिनका लागि लकडाउन भएको पनि डेढ महिना हुनै लाग्यो । यो अवस्थामा सबै कामकाजहरु ठप्प नै भएका छन् । आर्थिक वर्षको अन्तिमतिर आइसकेको यो अवस्थाले विकास निर्माणका कामहरुलाई नराम्रोसित प्रभाव पारेको छ । तर पनि स्थानीय सरकारहरु थोरै जनशक्ति प्रयोग गरेर गर्न सकिने विकासका कामहरुमा भने लागिनै रहेका छन् ।


एका तर्फ नागरिकहरुलाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षित राख्नुपर्ने र अर्को तर्फ विकास निर्माणका कामलाई प्.नि संगसंगै अगाडी बढाउनु पर्ने अवस्थामा रहेको स्थानीय सरकारहरु धेरै अलमलमा छन् । तर नुवाकोटको तारकेश्वर गाउँपालिकाले यो अलमलको अवस्थामा विकासको काममा निकास दिन सुरु गरेको छ ।
आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी हुँदा गाउँपालिका भित्र सञ्चालिन हुनुपर्ने थुप्रै विकास निर्माणका कारमहरु अवरुद्ध भए । लकडाउनकै कारण स्थनतमा परेका विकास निर्माणलाई तारकेश्वर गाउँपालिकाले गति दिन थालेको छ । विकास निर्माणका काम गर्नका लागि मौसमका हिसावले राम्रो मानिने चैत र बैशाख हो । तर बैशाख महिना पनि सक्किनै लागेपछि गाउँपालिकाले बाँकी रहेको यो अवसरलाई सदुपयोग गरिरहेको छ ।
कोरोना भाइसरको संक्रमण फैलनु अगाडीनै तारकेश्वर गाउँपालिकाले आफ्ना सबै वडामा पुगेर योजना सम्झौता गरिसकेको थियो । त्यसबेला ५१ वटा वटा योजना सम्झौता भएकोमा १५ वटा योजना निर्माण सम्पन्न हुँनै लागेको छ । गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीका अनुसार थोरै कामदार लगाएर गर्न सकिने कामलाई अहिले पनि जारी राखिएको छ ।

वडामा नै योजना सम्झौता गर्दै ः फोटो फाइल


तारकेश्वर गाउँपालिकामा अहिले सिंचाई, कृषि, सडक, खानेपानी जस्ता महत्वपूर्ण योजनाका कामहरु धमाधम भइरहेको छ । लकडाउनलाई बहानाबाजी गरेर आधारभुत विकास निर्माणको कामहरुलाई रोक्ने हुन् की भनेर स्थानीय सरकार माथी नागरिकहरुले व्यक्त गरेको शंका हटेको छ ।

संविधानले परिकल्पना गरेको घरघरमा सिंहदरवारको प्रत्याभुती गराउन जनप्रतिनिधिहरु लागिपरेका छन् । स्थानीय रुपमानै उपलब्ध हुने जनशक्तिको प्रयोगबाट भइरहेको यस्ता विकास निर्माणले रोजगारीको सवालमा पनि नागरिकहरुलाई केही टेवा पुगेको छ । तारकेश्वर गाउपालिका वडा नं. ४ दर्शनटारका का केशबप्रसाद घिमिरे मजदुरहरु यो संकटको समयमा पनि काम पाएकाले निकै खुशी देखिएको बताउनुहुन्छ । विकास निर्माणको काम त चलेकै छ, त्यसको साथमा अहिले काम गरेर अहिले खानुपर्ने वर्गका नागरिकहरुको पनि गुजारा चलेको छ । यसरी हुने विकास निर्माणको कामले नागरिकहरुलाई उत्साह छाएको र सरकारप्रतिको विश्वास बलियो भएको उहाँले बताउनुभयो ।

Shivapuri rural municipality awareness message jalapanews

विश्वव्यापी रुपमा परिरहेको यो संकटको समाधान त एकदिन पक्कै हुने छ । अवस्था सामान्य बनोस् र नियमित कामहरुलाई अगाडी बढाउला भन्दा केही पक्षहरुमा ढिला हुनसक्छ । विशेष गरी विकास निर्माणका कामहरु एकै दिन भएपनि पहिला हुनु नागरिकहरुको हितमा देखिन्छ । त्यसैले स्थानीय सरकारले अहिलेको अवस्थालाई पनि ध्यानमा राख्दै, सामान्य प्रयासमा पनि गर्न सकिने विकासका कामहरुलाई अगाडी बढाउन् ।

प्रतिक्रिया दिनुहोस्