१२ श्रावण २०८१, शनिबार
Logo

संघिय सांसद तामाङ र मैनालीद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

नुवाकोटका सांसद तथा नेकपा नुवाकोटकोटका नेताहरुले आफ्ना निर्वाचन क्षेत्र भित्रका पालीकाहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

संघीय सांसद एवं नेकपा बागमती प्रदेशका सह ईञ्चार्ज हितबहादुर तामाङ, बागमती प्रदेशसभा सदस्य बद्रि मैनालीले उक्त सामाग्री पालिकाको कार्यलयमै पुगेर प्रदान गर्नु भएको छ । उहाले ज्वरो चेकजाँच गर्ने डिजिटल थर्मल गन, पिपिइ, सर्जिमल मास्क, सेनिटाइजर लगायतको स्वास्थ्य सामग्री त्रिशुली अस्पताल सहित ७ वटा गाउपालीका स्थानिय सरकार तथा स्वास्थ्य संस्थाहरुलाई सहयोग गर्नुभएको हो ।
संघिय सांसद हितबहादुर तामाङका अनुसार ककनी, लिखु, सुर्यगढी, पञ्चकन्या, शिवपुरी, दुप्चेश्वर, तादी गाउँपालिमा रहेको स्वास्थ्य संस्थाहरुलाई पुग्नेगरी स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको छ ।


बुधबार नै संघिय सांसद तामाङ टोलीले नुवाकोट जिल्ला प्रहरी कार्यलयलाई पिपिइ सेट तथा नुवाकोट पत्रकार माहा संघ नुवाकोट मार्फत नुवाकोटका पत्रकारहरुलाई हस्तान्तरण गर्न सर्जिकल मास्क उपलब्ध गराउनु भएको छ ।
सांसद तामाङ र बागमती प्रदेश सांसद बद्रि मैनाली सहितको टोलीले प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र प्रहरी प्रमुख अभिनारायण काफ्ले संग लिल्लाको हालको अबस्थाको बिषयमा जानकारी लिनु भएको छ । भने किशानहरुलाई अबश्यक पर्ने मल बिउबिजन ,कृषी उपकरण तथा औजार लैजान तथा उत्पादित सामान बजार पुर्याउन सहज बातावरण बनाउन आग्रह गर्नु भएको छ ।
वाग्मती प्रदेशका सदस्य बद्री मैनाली , नेकपा वाग्मती प्रदेशका सचिवालय सदस्य पुष्प लामिछाने , बिन्दा ढुंगाना , हवल चन्द्र लामा ,जिल्ला नेताहरु धर्म अधिकारी, सुवास तामाङ , जितबहादुर घले , इमानसिंह तामाङ , अर्जुन कार्की , मणिनाथ लामिछाने , घकुमार लामा लगायतको टोलीले पञ्चकन्या ,लिखु र सुर्यगढी गाउँ पालिका हुदै त्रिशूली अस्पतालको अवलोकन भ्रमण समेत गरेका थिए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्