१२ श्रावण २०८१, शनिबार
Logo

सुरक्षित स्वास्थ्य सेवालाई प्रर्वद्धित गर्ने उद्धेश्यले ६ लाख ६० हजारको स्वास्थ्य सामाग्री सहयोग

नुवाकोट जिल्लामा रहेका ८२ वटा स्वास्थ्य संस्थाहरलाई वान हार्ट वर्डवाइज नामक एक गैरसरकारी संस्थाले ६ लाख ६० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।


सुरक्षित स्वास्थ्य सेवालाई प्रर्वद्धित गर्ने उद्धेश्यले उक्त सामाग्री प्रदान गरिएको हो ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा उपचारमा सहजताको लागी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको स्वास्थय कार्यलयका प्रमुख सागर प्रसाद घिमिरेले बताउनु भयो ।
नियमित स्वास्थ्य उपचारमा सहजता तथा संभाबित जोखिम कम गर्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरको वान हार्टका जिल्ला संयोजक राकेश कुमार यादवले बताउनु भयो ।
स्वास्थ्य सामाग्री सबै स्वास्थ्य संस्थाहरुमा शुक्रबार सम्ममा हस्तान्तरण गरि सकिने छ ।

प्रतिक्रिया दिनुहोस्