२६ माघ २०८१, शनिबार
Logo

नेपालमा थप १७ जनामा कोरोना सङ्क्रमण : सङ्क्रमित ९९ पुगे

नेपालमा थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

वीरगञ्जमा थप १७ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा वीरगञ्जमा थप १७ जनालाई सङ्क्रमण पुष्टि भएको जनाएको हो । 

उनीहरु सबै वीरगञ्जका भएका मन्त्रालयका  प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।  उहाँका अनुसार सङ्क्रमण हुनेमा २ महिनाको बच्चा पनि छन् । तर उनी बालक हुन् कि बालिका त्यसबारे केही खुलाइएको छैन । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ९९ पुगेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्