१२ श्रावण २०८१, शनिबार
Logo

कृषकले फलाएको तरकारीले बजार पाएन , बारी मै कुहिन थाल्यो तरकारी

अहिलको संटकको अबस्थामा बजार ठप्प भएसंगै कृषकको दुःखको दिन सुरु भएको छ । लक डाउनको झण्डै ७ हप्ता सुरु हुँदा तरकारी उत्पादन गर्ने कृषकहरु बजार खुल्ने र आफ्नो उत्पादन विक्रि गर्र्नमा अब निराश छन् । बारीमा भएका तरकारी कुहिने र छिप्पिने बेला भएपछि कृषकहरुलाई बढि दुःख भएको हो ।
लिखु गाउपालिका वडा नं. १ ढिकुरेका कृषक तोयानाथ ढकालले आफ्नो बारीमा फलाउनु भएको तरकारी कुहिन थालेको छ । तरकारीबाटै आफ्नो घरपरिवारको खर्च धान्दै आउनुभएका उहाँ यसपाली विलखबन्दमा पर्नुभएको छ ।
तरकारीमा गरेको लगानी खेर गए पछि अब लगाउने नयाँ बालीमा सरकारले बिउबिजन र मलमा सहुलियत दिए आफुहरुलाई राहत महशुस हुने उहाँ बताउनुहुन्छ । उहाँ जस्ता थुप्रै कृषक यही समस्यामा हुनुहुन्छ । नुवाकोटको बेलकोटगढी, पञ्चकन्या, तारकेश्वर म्यागङ, तादी लगायका गाउपालिकाको कृषकहरुको समस्या यही नै छ ।
लकडाउनका कारण उपभोक्ता घरबाट बाहिर निस्कन नपाएपछि उत्पादित तरकारी खेतबारीमै कुहिन थालेको नयाबस्ती कृषक कृषि सहकारी संस्थाका अध्यक्ष बिबेक ढकाल बताउनु हुन्छ । उहाँका अनुसार यो बर्षमात्र तरकारी उत्पादक कृषकहरुका लागी संस्थाले करिब ५० लाख रुपैयाँ ऋण लगानी गरेको छ ।
बारीमा भएको तरकारी बजारमा विक्रिका लागि लैजादा प्रहरीले रोक्ने र अनावश्यक झण्झट दिने गरेको पनि कृषकहरुको गुनासो छ । अहिले कृषकका बारीमा भण्टा, बन्दाकोभी, सिमी, लौका घिरौला, फर्सी, हरियोखुर्सानी, काक्रो कुहिन थालेको छ । स्थानीय सरकारले पनि आफुहरुलाई सहयोग नगरेको गुनासो कृषकको छ ।
यसरी कृषकले सहकारीबाट ऋण लिएर गरेको उत्पादनलाई बजारमा लैजान नपादा हुने आर्थिक घाटाले कृषि पेशालाई नै धक्का लाग्ने देखिएको छ । सवारी साधनमा भरेर बाहिर जिल्लादेखि नुवाकोट ल्याएको तरकारी भित्रन दिने प्रहरी प्रशासनले यहीँ मोटरसाइकल र थुञ्चेमा ओसार्ने तरकारीमा रोक लगाउनुले किसानमारा नीतिलाई प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्