विदुर नगरपालिकाको जग्गा बाजो नराख्ने नितीलाई बादरले असफल बनाउदै

विदुर नगरपालिकाले कृषकहरुलाई जमिन बाझो नराख्न गरेको अनुरोधलाई सामान्य कुराले नै अड्काउने देखिएको छ । कृषकलाई अनुदान दिने तथा कृषिमा लाग्न उत्साही गर्ने स्थानीय सरकारलाई बादरले सफल पार्ला जस्तो देखिन थालेको छ । विदुर नगरपालिका भित्रनै बादरका कारण सयौं रोपनी जमिन बाझो भएको छ । बादरले लखेटेर बसाई हिड्नेहरु पनि छन् ।
विदुर नगरपालिकाले नगर भित्रका खेती योग्य जमिन बाजो नराख्न नागरिकहरुलाई आग्रह गरेको छ । आफुले नसके अरुलाई खेती गर्न दिन नगरपालिकाले आग्रह पनि गरिरहेको छ ।
तर विदुर नगरपालिका भित्रका सयौं रोपनी जमिन बाझो नै देखिएको छ । वडा नं. वडा नं. १२ का सयौ रोपनी जग्गा बाझो रहेको हो । अनि खेतबारीमा लगाएको बाली घर ल्याउन नपाउने कृषकहरु पनि वडा नं. १२ मा छन् ।
बारीमा लगाएको बाली मात्र नभएर घरमा रहेका खाद्यान्न समेत बादरले नस्ट गर्न थाले पछि कृषकहरुले जमिन बाझो छाडेका हुन् ।
हिजोआज बिदुर नगरपालिका वडा नं १२ चैनपुर का ५८ बर्षिय देबकुमाारी अर्यालको दैनिकी बिहान ५ बजेबाट बेलुका करिब ७ बजेसम्म बादर धपाएरै बित्छ । बारीमा रहेको खेतीबाली बदरले बर्षेनी सखाप पार्न थालेको अर्याल बताउनु हुन्छ ।
चैनपरका देब कुमारी अर्यालको जस्तै अन्य थुप्रै कृषकहरुको अबस्था पनि तेस्तै छ । बादरले कृषि उत्पादन सिध्याउने दुःखका कारण बसाई हिडेकाहरु पनि छन् । विदुर नगरपालिका वडा नं. १२ का निलकण्ठ खनाल बदरकै पिरले १८ रोपनी जमिनमा खेती गर्न छाडेको बताउनु हुन्छ ।
स्थानीय सरकारले कृषकहरुलाई खेतीपाती गर्नका लागि उत्साहि गर्ने, सुधारमुखी कार्यक्रमहरु चाँही ल्याउने तर बादर नियन्त्रण अभियान नथाल्ने हो भने बादरकै कारण जमिन बाझो रहने जोखिम देखिएको छ । कृषकहरुलाई कृषिमा रहत बजेटको साथमा नुवाकोटको केही स्थानमा बादर धपाउने बजेट पनि जोडेर कार्यक्रम सञ्चालन गरिन आवश्यक देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्