२४ जेष्ठ २०८०, बुधबार
Logo
final gp koirala advert

ठेलामा लडेको मेरो जिन्दगी

कृष्ण किसु न्यौपाने

नापेर यै सडक
यिनै चोकहरु
गल्लीहरु
टोलटोलमा
बेचेर पसिनाको सामल
चलाएको हुँ दैनिकी यै ठेलाले
बन्दाबन्दी भएपनि देशमा
गुड्न त गुडेकैछन
कार, पजेरो, एम्बुलेन्स अनगिन्ती सवारीहरु यै सडकमा
थाहा छ मलाई
म झै भुँइमान्छे बोक्दैनन ती

बन्दाबन्दीमा छ देश
मलाई नरोकिदिनुहोस सरकार
यदि तपाईंको अस्पतालले फिर्ता पठाएन भने
मरेको छैन अझै विश्वास
ठेलामा लडेको मेरो जिन्दगी उठाउने छु !

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्