७ माघ २०८१, सोमबार
Logo

मौसमबिदका अनुसार यो हप्ता भरि नै मौसममा सुधार नहुने

नुवाकोट सहित देशका बिभिन्न ठाउमा अहिले मौसम बदली भएको छ । आज धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् गङ्गा नगरकोटीका अनुसार पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसम बदली भइ देशका विभिन्न ठाउँमा पानी पर्न लागेको हो ।

यसपालि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले लगातार जसो पानी परिरहेको छ ।
मौसमविद्का अनुसार यो हप्ताभरिकै मौसम यस्तै रहने सम्भावना रहेको छ । बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम नरोकिएको र पश्चिमी वायुसँगै स्थानीय वायुको पनि प्रभाव भएकाले मौसम बदली भइ लगातार जसो पानी परिरहेको उहाँको भनाइ छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्