१२ श्रावण २०८१, शनिबार
Logo

दैनिक ज्याला मजदुरी गर्नेहरु आफ्नै घरमा पनि भोक भोकै पर्न थाले , सुर्यगढी गाउपालीकाले हुनेखानेलाइ मात्र राहात बाडेको आरोप

आज काम गरेर आजै खानुपर्ने र सन्तानहरुको भरणपोषण पनि दैनिक ज्याला मजदुरीबाट गरिरहेकाहरुलाई अहिलेको लकडाउनले दिएको पिडाको सूची लामो बनिसकेको छ । दुई चार पैसा कमाउन भर्खरै बैशिक रोजगारीमा गएको श्रीमान उता वेरोजगार हुनुहुन्छ, यता श्रीमती र सन्ताललाई विहान बेलुका खान नपुग्ने अवस्था आइसकेको छ । अब विदेश जान लिएको ऋण र त्यसको ब्याज पनि कसरी तिर्ने भन्ने अत्यास पनि सृजना भएको छ ।


नेपाल सरकारले जारी गरेको लक डाउनको अबधी लम्बिदै जादा दैनिक ज्याला मजदुरी गरी जिवन धान्दै आएकाहरुमा खाद्यन्न समस्या देखा पर्न थालेको छ । काम गर्न जिल्ला बाहिरबाट आउने मजदुरमा मात्र नभएर आफ्नै घरमा रहेका मजदुरहरुमा समेत खाद्यन्न संकट देखा पर्न थालेको हो ।


दैनिक ज्याला मजदुरी गर्ने र आफ्नो रोजी रोटीको जोहो गर्ने मजदुरहरु भोक भोकै रहेको गुनासो आउन थालेको छ । सुर्यगढी गाउँपालिका वडा नं. ३ का माया तामाङलाई रोगले भन्दा पनि भोकले मरिने होकी भन्ने चिन्ता छ । श्रीमान, र ३ सन्तान सहित ५ जनाको परिवार रहेको माया तामाङलाई नुन चामलकै समस्याले पिरोलिरहेको छ । उहाँको एक जना छोरा शारिरिक रुपमा अपाङ्गता हुनुहुन्छ । श्रीमान दैनिक ज्याला मजदुरीमा जान नसकेको डेढ महिना भन्दा पनि बढि भइसकेको छ । गाउँपालिकाले पहिलो चरणमा दिएको २० किलो चामल पनि सकिएको छ ।


सुर्यगढी गाउपालिका वडा नं. ३ कै सुकुमाया तामाङको पिडा पनि उस्तै छ । साना किसान कृषि समुहबाट ऋण लिएर श्रीमान् बिदेश पठाएको ३ महिना हुनै लाग्यो । विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसका कारण विदेशमा श्रीमान् समेत काम पाउनुभएको छैन । यता घरमा खाने कुरा छैन । सहकारीको ऋण त परको कुरा ब्याज कसरी तिर्ने भन्ने अर्को समस्या छ । त्यो भन्दा पनि अहिले तत्कालै खानै नपाएर मरिएलाकि भन्ने पिरलोमा सुकुमाया तामाङ हुनुहुन्छ ।

Shivapuri rural municipality awareness message jalapanews

गाउपालीको आफुहरु जस्तो बिपन्नलाई राहत नदिएको उहाको भनाई रहेको छ । गाउपालीकाले नाम संकलन गरेर लगे पनी राहात भने नबाडेको ,पालीकाले बिपन्नको
पिडा नबुझेको उहाबताउनु हुन्छ ।


त्यस्तै सुर्यगढी गाउँपालिकाकै रामकुमारी तामाङ पनि ज्याला मजदुरी गरेरै परिवार धान्दै आइरहनु भएकोमा अहिले काम बन्द भए सगै खान नपाइको बताउनु हुन्छ ।
स्थानीय सरकार सुर्यगढी गाँउपालिकाका उपाध्यक्ष मञ्जु बुढाथोकीले पहिलो चरणको राहत बितरण गरि सकेको र दास्रो चरणको राहत बितरणको लागी केही दिनमा निर्णय आउने बताउनुहुनछ । पहिलो चरणको राहतको लागी वडालाई जिम्मा लगाएकोमा वडालाई समन्वयन गर्न लगाउने उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्