१२ श्रावण २०८१, शनिबार
Logo

स्टोर शाखामा कसरी सबै महत्वपुर्ण काजजात र कम्युटर एकै ठाउमा रह्यो ? छानविन हुनु पर्छ -नेकपा म्यागङ

गत बैशाख ८ गते म्यागङ गाउँपालिकाको स्टोर शाखामा आगलागी हुदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको विवरण आएको छ ।
विजुली सर्ट भइ आगो लागेको गाउँपालिका स्रोतले जानकारी दिएको छ भने नेकपा नुवाकोटले सुनियोजित सडयन्त्र भनेको छ ।
आगलागीबाट दुई आर्थिक वर्षको सम्पूर्ण सरकारी आगजात, कम्प्युटर, फर्निचर र औषधिहरु जलेर नष्ट भएको म्यागाङ गाउँपालिकाले जनाएको छ ।
त्यस्तै यस घटनालाइृ लिएर नेकपाका गाउँपालिका अध्यक्ष बुद्धिबहादुर तामाङ, सचिव सेल्कर तामाङ र इन्चार्ज मेघनाथ तामाङद्धारा संयुक्त रूपमा जारी विज्ञप्तीमा निष्पक्ष छानविन हुनुपर्ने माग गरेको छ ।
कोरोना संक्रमणको माहामारीकाृ समयमा औषधी लगायत आर्थिक बर्ष २०७४(०७५ र २०७५(०७६ का सम्पूर्ण कागजात जलेर नष्ट भएको छ । पालीकाले आफ्नो भ्रस्टाचार तथा आफ्ना कमी कमजोरी ढाकछोप गर्ने दुस्साहस गरेको बिज्ञप्तीमा उल्लेख छ ।
गाउँपालिकाले गरेका काममा भ्रष्टाचार भएको भन्दै आवाज उठिरहेको समयमा लकडाउनको बेलामा गाउँपालिकाको सबै महत्वपूर्ण कागजात जल्ने गरी आगजनी भएपछि नेकपा शसंकित बनेको हो ।
नेकपा म्यागङले स्टोर शाखामा कसरी सबै महत्वपुर्ण काजजात र कम्युटर एकै ठाउमा रह्यो भन्दै पालिकालाई प्रश्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्