१२ श्रावण २०८१, शनिबार
Logo

समाजसेवी सदाम राईले आफ्नो वडाका ६० जनाको लागी खाद्यान्न बितरण गरे

सोमबार लिखु ४ का एक समाजसेवीले आफ्ना वडाका करिब ६० जनाको लागी खाद्यान्न बितरण गरेका छन् । स्थानिय समाजसेवी सदाम राईले आफ्नो वडा न्ां ४ भित्र रहेका खाद्यान्न अभाव झेली रहेकाहरुको लागी खाद्यन्न सहयोग गर्नुभएको हो ।
उहाले दैनिक ज्याला मजदुरी गरि गुजारा चलाउदै आएका तर लकडाउनका कारण ज्याला मजदुरीको अबस्था नरहेकाहरुको लागी सहयोग गर्नु भएको हो । उहाका अनुसार लिखु गाउपालीकाले उपलब्ध गराउने भनिएको राहात समयमा बितरण गर्न नसक्दा धेरै दैनिक ज्याला मजदरी गर्ने , भुमिहिन , मेलापात गर्नेहरु, जेष्ठ नागरीकहरु समस्यामा परेका छन् ।
उहाले १० हिलो चामल ,१ किलो नुन्, एक किलो चिनी, एक किलो दाल, एक लिटर खाने तेल ,४ वटा साबुन लगाएतका सामान घरघरमा पुर्याउनु भएको छ ।
उहाले आफ्नो दैनिक खर्च कटाएर समस्या रहेकाहरुको सहयोग गरेको बताउनु भयो ।
यस अघि पनि स्थानिय समाजसेवी रामचन्द्र अगस्ती , रबि मानन्धर, सदाम राई ,सनम राई लगाएतको युवाको टोलीले किटनाशक औषधी समेत छर्केका थिए ।

प्रतिक्रिया दिनुहोस्