१२ श्रावण २०८१, शनिबार
Logo

धादिङमा तरकारी बेच्न हिडेका किसान बोकेको बोलेर दुर्घटना

बेनिघाट रोराङको मलेखुबाट खहरेतर्फ जाँदै गरेको जीप पल्टिँदा एक महिलाको ज्यान गएको छ ।

तरकारी बेच्न आएका किसानहरुलाई लिएर जाँदै गरेको बा १ ख ८६३६ नम्बरको बोलेरो जीप आइतबार सडकबाट एकसय मिटर तल खसेको हो । दुर्घटनामा ज्वालामुखी गाउँपालिका-१ की २४ वर्षीया सरु बसेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिनुभयो।

लकडाउनको बेला माइती जाँदै गरेको बेला दुर्घटना हुँदा उनको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका अन्य ८ जनालाई राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचारको लागि भर्ना गरिएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्