८ चैत्र २०८१, शनिबार
Logo

आइतबार नुवाकोटमा कोरोना तिब्र परिक्षण गरिएका ८१ जनाको रिपोट नेगेटिभ

नुवाकोटमा आइतबारबार गरिएको कोरोना भाइरसको तिब्र परिक्षणमा सबैको रिपोट नेगेटिभ आएको छ ।
स्वास्थ्य कार्यलय नुवाकोटका अनुसार त्रिशुलीमा ६३ जनाको र बट्टारमा १८ जनाको तिब्र परिक्षण अर्थात ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) भएको हो ।
फागुन अन्तीम साता देखी भारत लगाएतका देशबाट आउनेहरुको परिक्षण गरएको स्वास्थ्य कार्यलय नुवाकोटले जनाएको छ ।
विदुर नगरपालिकाको आयोजना र स्वास्थ्य कार्यालय नुवाकोटको प्राविधिक सहयोगमा गरिएको ¥यापिड टेष्टको रिपोर्ट सबैमा नेगेटिभ आएको विदुर नगरपालिकाका उप प्रमुख गिताकुमारी दाहालले बताउनु भयो ।

यसअघि जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले विदेशबाट फर्किएका २ सय ८७ जनाको स्वास्थ्य परिक्षण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्