समस्यामा परेका मजदुरलाई राहत बाँड्दै ट्रेड युनियन काँग्रेस

नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले लकडाउनका कारण घर समेत जान नपाई समस्यामा परेका र स्थानीय तहको राहतमा नसमेटिएका मजदुरहरुको पहिचान गरी खाद्यान्न सहयोग उपलब्ध गराउने कामलाई निरन्तरता दिएको छ ।
यसैक्रममा युनियनले बिदुर नगरपालिका वडा नम्वर २,४ र ६ मा लकडाउनका कारण आफ्नो जिल्ला जान नपाएका मजदुरहरुलाई खाद्यान्न सहयोग उपलब्ध गराएको जिल्ला सदस्य बिष्णु चालिसेले जानकारी दिएका छन् ।
आईतबार यशोदादेबी भगवानसिं केसी मेमोरियल ट्रष्टको समन्वय र आर्ट अफ लिभिङको सहयोगमा प्राप्त खाद्यान्न बिदुर नगरपालिका वडा नम्वर ४ को बट्टारबजारमा बिभिन्न पसलहरुमा मजदुरी गर्दे आएका सर्लाही जिल्लाका १६ जना मजदुरहरुलाई खाद्यान्न उपलब्ध गराईएको युनियनले जनाएको छ । ४ नम्बर वडाका वडा अध्यक्ष र प्रहरीको रोहबरमा प्रती ब्यक्ती ५ किलो चामल,२ किलो च्युरा,१ लिटर तेल,२ गोटा साबुन,१ प्याकेट नुन र १० प्याकेट चाउचाउ र १ किलो दाल उपलब्ध गराईएको जिल्ला अध्यक्ष शिव देबकोटाले जानकारी दिएका छन् ।
यसैगरी दाङ र नेपालगञ्जबाट आई बिदुर तेस्रो साना सहरी आयोजनामा काम गर्दे आएका आठजना मजदुरहरुलाइ प्रती ब्यक्ती ५ किलो चामल,२ किलो च्युरा,१ लिटर तेल,२ गोटा साबुन,१ प्याकेट नुन र १० प्याकेट चाउचाउ तथा बिदुर नगरपालिका वडा नम्वर ६ को मुल्थलामा नेपालगञ्जबाट आई निर्माणको क्षेत्रमा काम गरीरहेका ४ जना मजदुरलाई प्रतिब्यक्ति १० किलो चामल, ४ किलो च्युरा, २ लिटर तेल, २० प्याकेट चाउचाउ, २ प्याकेट नुन र ४ गोटा साबुन उपलब्ध गराईएको युनियनले जनाएको छ ।
बाहिरी जिल्लाबाट नुवाकोटमा आई बिभिन्न क्षेत्रमा काम गरिरहेकाहरु स्थानीय तहको राहतमा समेटिन नसकेको र घर जान नपाउँदा थप समस्यामा परेकाले खाद्यान्न सहयोग गरिएको र यो क्रमलाई निरन्तर जारी राखिने समेत युनियनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्