१२ श्रावण २०८१, शनिबार
Logo

जिल्ला अस्पतालमा कोरोना सम्बन्धी सेवा चुस्त र प्रभावकारी बनाउन नेकपा नुवाकोटले पहल थाल्ने

नेकपा नुवाकोटको बैठक बसि कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन महत्वपुर्ण निणर्य भएको बताइएको छ ।
नुवाकोट पनि कोरोना संक्रमणको उच्च जोखिम रहेकाले कोरोना लाग्न नदिने र लागीहालेमा उपचार सहज बनाउने बिषयमा छलफल भएको नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले बताउनु भयो ।
अस्पताल त्रिशुलीलाई अति आबश्यक सेवाको रूपमा रहेको स्वास्थ्य सामाग्री आ.सि.यु र भेण्टिलेटर जस्ता सामाग्रीहरू यथाशीघ्र उपलब्ध गराउन र जिल्ला भित्र रहेका अन्य स्वास्थ्य केन्द्रहरूलाई आबश्यक पर्ने स्वास्थ्य सामाग्रीहरू पिपिई, थर्मल गन लगाएका आबश्यक स्वास्थ्य सामाग्री ब्याबस्थापन गरिने बिषयमा निणर्य भएको बताइएको छ ।
स्वास्थ्य सामाग्री ब्याबस्थापनको लागी संघीय ,प्रदेश र स्थानीय सरकारलाई आग्रह र अनुरोध गर्ने निर्णय गरेको बागमती प्रदेश सासंद बद्री मैनाली ले बताउनु भयो ।
लक डाउनका कारण समस्यामा परेका असाहय,मजदुर,बिपन्न तथा गरिब ब्यक्ति र परिवारहरूको पहिचान गरि राहत उपलब्ध गराउनको लागि तीनै तहको सरकारलाई आग्रह गर्ने निर्णय भएको छ ।
नेकपा नुवाकोटले पिडितहरूका लागी राहत प्रदान गर्न निर्बा्चित जनप्रतिनिधी र जिल्ला कमिटी सदस्यहरूबाट रकम संकलन गर्ने भएको छ ।
संघीय सांसदसंग १० हजार, प्रदेश सांसदसंग ७ हजार, नगर तथा गा पा प्रमुख संग ५ हजार, नगर उपप्रमुख संग ३ हजार, गाउपालीका गापा उपप्रमुख २ हजार र पार्टी जिल्ला कमिटी सदस्यहरुसंग १ हजारका दरले रकम संकलन गर्ने निर्णय नेकपा नुवाकोटको बैठकले गरेको छ ।
साथै बिकाशका योजना यहि आर्थिक बर्ष भित्रमा सम्पन्न गर्ने, गाउ गाउमा बाजो रहेको जमिनमा उत्पादन सुरु गर्ने, बन्द रहेका ससाना उद्योग संचालनमा ल्याउने लगायतका निणर्य भएको संघिय सांसद नारायण प्रसाद खतिवडाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्