१६ आश्विन २०८०, मंगलबार
Logo
final gp koirala advert

नुवाकोटका स्थानिय तहले बनाएका सबै क्वारेन्टाइन हाल खाली

कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि नुवाकोटका स्थानिय तहले बनाएका सबै जसो क्वारेन्टाइन हाल खाली भएका छन् । नुवाकोट जिल्लाको १२ वटा स्थानीय तहले व्यवस्थित गरिएका क्वारेन्टाइन घर मा कोही पनि बसेका छैनन् ।

हाल लिखु गउपालीकामा मात्र चार जना स्थानिय तहले बनाएको एकान्तबास बसेका छन् । त्यस्र्तै जिल्ला भरी ४८ जना होम क्वारेन्टाइनमा छन ।

जिल्लाका स्थानीय तहमा व्यवस्थित गरिएका सबै क्वारेन्टाइनघर खाली अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालयका जनार्दन शिलवालले बताउनु भयो । उहाका अनुसार स्थानियतहको एकान्तबाशमा बस्नु पर्दा अनुसाशन हुनु पर्ने हुदा बस्न नरुचाइएको हो । स्वास्थ्य कार्यलय नुवाोकोटको अनुसार विदेशबाट हालसम्म नुवाकोट घर फर्किएकाहरु एकान्तवास (होम क्वारेन्टाइन)मा नै बसेका छन् ।

भारत लगाएत अन्य देशबाट घर फर्केकाहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी एकान्तवासमै बसाइएको हो । स्वास्थ्य कार्यलय नुवाकोटको अनुसार लकडाउन भन्दा पहिला ५ सय जना भन्दा बढी भारत लगाएतका देशबाट फर्किएका थिए । घर फर्किएकाको स्थानीय तहको समन्वयमा २सय ८७ जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) भैसकेको छ भने बाकीको ¥यापिड डायग्नोष्टिक टेष्ट भइरहेको छ । परिक्षण भएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

¥यापिड डायग्नोष्टिक टेष्ट गरिएकाहरु मध्येको १० प्रतिशतको भने स्वाब संकलन गरि जनस्वास्थ्य प्रयोग शाला टेकु पठाइएकोमा रिपोट आउन बाकी रहेको छ , स्थानीय तहले हालसम्म २७२ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरेका छन् । जसमा बिदुर नगरपालीकामा ३५, तारकेश्वरगाउपालीका मा १९, दुप्चेश्वरमा ४१ , लिखुमा १०, किस्पाङमा १०, शिबपुरीमा ११ , म्यागङमा १७ तादीमा १६ , पंचकन्यामा १६, ककनीमा १० , बेल्कोटगढीमा नगरपालीकामा ७५ , सुर्यगढीमा १२ शैयाको क्वारेन्टाइन व्यवस्थित गरिएको हो । नुवाकोटमा जिल्ला अस्पताल त्रिशुलीमा १० र तादीमा ६ शैयाको आइसोलेसन कक्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्