१२ श्रावण २०८१, शनिबार
Logo

कोरोना-प्रशिद्ध धार्मिक स्थल दुप्चेश्वर मन्दिर प्रबेशमा रोक

दुप्चेश्वर गाउपालीका वडा नं ६ मा रहेको प्रशिद्ध धार्मिक स्थल दुप्चेश्वर मन्दिर प्रबेशमा रोक लगाइएको छ । बुधबार गाउपालीकाले एक बिज्ञप्ती जारी गर्दै कोरोना प्रभाव नहटे सम्मका लागी प्रबेशमा रोक लगाएको जनाएको छ ।

गाउपालीकाका उपाध्यक्ष अन्जु आचार्यले मन्दिर दर्शनका लागी दर्शनार्थीहरु आउने क्रममा कोरोना संक्रमणको उच्च जोखिम रहने हुदा कोरोना नियन्त्रणको लागी आउन नदिने निणर्य गरेको बताउनु भयो । उहाले पालीकाले बनाएकोे नियम उल्लंघन गरेमा कानुन अनुसार कारवाही गरिने समेत बताउनु भयो ।

अर्काे सुचना नआएसम्म मन्दिर प्रवेशमा रोक लगाइएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्