१२ श्रावण २०८१, शनिबार
Logo

बिदुर नगरपालीका वडा नं ५ मा १२ जना मजदुर २१ दिन देखी अलपत्र अबस्थामा

“लेनदेब त जे होला हामी घर जान चाहन्छौ ” मजदुरहरु मलिनो आवाजमा भन्छन् ।


बिदुर नगरपालीका वडा नं ५ मा १२ जना मजदुर २१ दिन देखी अलपत्र अबस्थामा रहेका छन् ।
गल्छी देखी त्रिशुली सम्म नेपाल टेलीकमको अप्टिकल फाइबर बिछ्याउने काम गर्ने मजदुरहरु ठेकेदार प्रमोद कुमारको बेइमानीले गर्दा भोकभोकै परेको बताउछन् ।


मकवानपुर जिल्ला कैलाश गाउपालीका वडा नं ९ र १० का ५ जना ,बाके खजुरा गाउपालीकाका ६ जना र दाङ जिल्लाका एक जना गरि १२ जना मजदुर चैत्र ११ गते देखी बिना काम बेखर्ची दैनिक अरुको भरमा दिन बिताइ रहेका छन् । चामल नुन तेल दाल स्थानियको राहातको भर पर्नु परेको छ । “दाउरा खोजेर अरुले दिएको रासन पकाएर खान्छौ, कहिले सम्म मागेर खाने , हामी घर जान चाहन्छौ ”। मकवानपुर कैलाश गाउपालीकाका कबेश प्रजा मन गाठो पार्दै भन्छन् । कबेश प्रजा वडा सचिव शिवहरी गजुरेलले निकै सहयोग गरेको बताउछन् ।


प्रजा सहित १२ जनालाई चितवका एक लामाले नुवाकोट सम्म ल्याएका थिए । प्रमोद कुमारले उनीहरुलाई काम दिएका हुन् । “चैत्र ११ गते दिउसो हामीले खर्च माग्दा म भोली दिन्छु भने ” पछि हामीले फोन गर्दा जती सक्दो छिटो घर जाउ नत्र ठिक हुन्न भन्दै अपशब्द प्रयोग गरेर गाली गरेको मजदुरहरु बताउछन् ।

Shivapuri rural municipality awareness message jalapanews


“हामीले बैकमा पैसा पठाइदिनु भन्दा बैक बन्द छ भन्ने हामी के खाने कसरी घर जाने १ रुपैया सम्म छैन हामी कसैसंग ” जालपा न्युज संगको भेटमा एक महिला मजदुर भन्छिन् ।
काम गर्ने १२ जना मध्ये एक जना १६ बर्षे बालक समेत रहेका छन् । जसलाई नेपालको कानुनले बालश्रम भन्छ । बाल श्रम सगै श्रम शोषण गरि एक पटक सम्म पनि घरपेटी पसलेलाई अबस्था सामान्य नरहे सम्म दाल चामल दिनु म आएर तिरुला भन्नुको साटो अपशब्द प्रयोग गरेकोमा मजदुर निकै चिन्तित देखिन्छन् ।

काम गरे बापतको १ महिना देखी ३ महिना सम्मको रकम आफुहरुले लिन बाकी रहेको मजदरहरु बताउछन् ।

यि त प्रतिनिधी पात्र मात्र हुन नुवाकोट जिल्लामा बाहिरी जिल्ला बाट नुवाकोटमा कामका लागी आएका र साहु तथा स्थानिय स्तरले सहयोगमा आनाकानी गर्दा धेरै जनाले खाद्यन्न संकट भोगिरहनु परेको छ ।

प्रतिक्रिया दिनुहोस्