१ आश्विन २०८१, मंगलवार
Logo

पोषण युक्त खानेकुरा बोकेर सुत्केरीको घरघरमै पुग्दै – उप -प्रमुख दाहाल

बिदुर नगरपालीकाले सत्केरी भेटघाट कार्यक्रम आइतबार देखी सुरु गरको छ ।
नगर उपप्रमुख गिता कुमारी दाहालले नगरपालीका भित्र बसोबास गर्ने सुत्केरी महिलालाई घरघरमा पोषण युक्त खानेकुरा तथा सुत्केरी पोषण भत्ता लिएर पुग्नु भएको छ ।


आइतबार उपप्रमुख दाहाल बिदुर नगरपालीका वडा नं १, २, ४, ५ र १० मा रहेका लक डाउन सुरु भए पछि सुत्केरी भएकाहरुका लागी १ क्रेड अण्डा, १ लिटर घ्यू, सुत्केरी मसाला बनाउन आबश्यक सामान बोकेर आफै पुग्नु भएको छ । साथै नगरपालीकाले सुत्केरी पोषणकोलागी बिगत देखी नै बितरण गर्दै आएको ३ हजार रुपैया समेत हस्तान्तरण गर्नु भएको छ ।


उहाले लक डाउनको समयमा नगरपालीकाले बितरण गर्दै आएको पोषण भत्ता लिन आउन सक्ने अबस्था नरहेकोले सहजताको लागी आफै सुत्केरीको घरघरमा पुगेको बताउनु भएको छ ।
चैत्र ११ गते देखी २९ गते सम्मको समयमा बिदुर नगरपालीका भित्र २८ जना सुत्केरी भएका छन् । अस्पतालले बच्चालाई दिएको जन्म दर्ताको आधारमा घरघरमै पुगी सामान हस्तान्तरण गरिएको दाहालको भनाई छ । मंगलबार सम्ममा सबैको घरघरमा पुगिने उहाले बताउनु भयो ।

जिल्ला त्रिशुली अस्पताल र अन्य बर्थिङ सेन्टरमा फोन गरेर डाटा मगाई काम सुरु गरेको उपप्रमुख दाहालले बताउनु भयो । उहाले बिदुर नगरपालीका भित्र रहेका र ११ चैत्र पछडी सुत्केरी भएकाहरु कोही भए ९८५१०८७०७३ मा फोन गर्न समेत आग्रह गर्नु भएको छ ।

Shivapuri rural municipality awareness message jalapanews


बिदुर नगरपालीकाले यो आर्थिक बर्षमा लक डाउन पहिला नगर भित्रका २६७ जनालाई ३ हजार रकम प्रदान गरि सकेको छ ।

प्रतिक्रिया दिनुहोस्