१२ श्रावण २०८१, शनिबार
Logo

यशोदादेवि भगबानसिंह केसी मेमोरियल ट्रस्टद्धारा कोरोनाबाट बच्न स्वास्थ्य सामग्री हस्तान्तरण

यशोदादेवि भगबानसिंह केसी मेमोरियल ट्रस्टले नुवाकोटमा कोरोनाबाट बच्न स्वास्थ्य सामग्री वितरण गरेको छ ।

ट्रष्टले ८८ वटा पीपीई, ६ सय थान ग्लोब, ५ हजार पिस सर्जिकल मास्क र एक हजार दुईसय थान स्यानिटाइजर हस्तान्तरण गरेको छ ।

नुवाकोट जिल्लाको सबै पालीकाहरुमा रहेको अस्पताल, प्राथमिक, स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र उप स्वास्थ्य चौकीलाई ४ सयका दरले माक्स र प्रत्येक स्वास्थ चौकीमा एउटा एउटा पीपीई सेट तथा अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

ट्रस्टले कोरोना नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर काम गर्ने प्रहरी र सशस्त्र प्रहरी पत्रकारहरुलाई पनि मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ।
नेपाली कांग्रेसका नेता तथा ट्रष्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीको ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसी र नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले स्वास्थ्य सामग्री वितरण गरेका हुन्।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्