१२ श्रावण २०८१, शनिबार
Logo

विदुर नगरपालिका वडा नम्बर ५ का १ सय ११ बिपन्न परिवारलाई राहत बितरण

विदुर नगरपालिका वडा नम्बर५ ले आफ्ना वडाका १ सय ११ बिपन्न परिवारलाई राहत बितरण गरेको छ ।
वडा कार्यालयले दैनिक ज्याला मजदुरी गरी परिवार पाल्दै आएका नागरिहरुको तथ्याङक संकलन गर्दै राहत बितरण गरेको हो । नगरपालिकाले राहत बितरण कार्य्िबधि निर्माण गर्दै, बिपन्न, दैनिक ज्याला मजदुरी गर्ने नागरिकलाई लकडाउनको समयमा राहत उपलब्ध गराउने निणयगरेको थियो ।
शनिबार बिदुर नगरपालीका वडा नं ५ ले पनि वडा भित्रका बिपन्न परिवारलाई राहत स्वरुप २ हजार ४४ किलो चामल , २ सय ३१ किलो मुसुरोको दाल , १११ प्याकेट तेल , १११ प्याकेट नुन , २२२ वटा लाइफब्वाइ साबुन बितरण गरेको ५ नं वडा कार्यलयले जनाएको छ ।
वडाले १५ बर्षमाथीकालाई जनही ५ किलो चामल तथा १६ बर्ष भन्दा कम उमेरकालाई साढे २ किलो चामल बाडेको छ । वडाले दाङ जिल्ला घर भई बिदुर ५मा ज्याला मजदुरी गरेर बसेका १६ जना मजदुरलाई समेत बडा बासीबराबर नै राहत बितरण गरेको छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागी सरकारले गरेको लगडाउनका कारण बिपन्न परिवारमा खाद्यान्न समस्या नहोस् भन्ने उद्धेश्यले खाद्यान्न बितरण गरेको बिदुर नगरपालीकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्