११ कार्तिक २०७८, बिहीबार
Logo
Hotel Yangra Nuwakot Trishuli

नेकपा नेता जगत लामाद्धारा स्वास्थ्य चौकीहरुलाई करिब ६ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

नेकपा नेता जगत लामाले बेलकोटगढी नगरपालिकामा रहेको स्वास्थ्य चौकी तथा ककनी गाउपालीका वडा नं ३ मा रहेको स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन ।

नेता लामाको टिमले बेल्कोटगढी नगरपालीका तथा ककनी गाउपालीकाको वडा नं ३ मा रहेको स्वास्थ्य चौकीलाई करिब ६ लख बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

pratik books stationery
trishuli web design in nuwakot


सुकुमान मेमोरियल पोलिक्लिनिकका संस्थापक समेत रहेका नेकपा नेता लामाले बेलकोटगढी नगरपालिका वडा नम्बर ५ को दुईपिपल स्वास्थ्य चौकी, वडा ८ च्यानथुम्कामा रहेको स्वास्थ्यचौकी , तल्लो तिगाउ स्वास्थ्यचौकी, मदनपुर स्वास्थ्यचौकी र ककनि गाउपालीका वडा नं ३ चाउथे स्वास्थ्य चौकीलाई ज्वरो नाप्ने थर्मल गन, पिपिई, मास्क साबुन र सेनिटाइजर प्रदान गरेका छन् ।


त्यस्तै कोल्पुटार हेल्थ डेस्कलाई थर्मल गन, डिजिटल बिपी सेट, मास्क, ग्लोभ्स, सेनिटाइजर लगायतका सामाग्री राहत व्यवस्थापन समितीलाई नेता लामा र सुकुमान मेमोरियल पोलिक्लिनिकका डा. दिल बहादुर थोकरका साथमा मेडिकल टिमका गोकुल रोकायले हस्तान्तरण गरका हुन् ।

प्रतिक्रिया दिनुहोस्