१२ श्रावण २०८१, शनिबार
Logo

जिल्लाका बिभिन्न स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण सुरु

नेपाली कांग्रेश नुवाकोटले जिल्लाका बिभिन्न स्थानम रहेको स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण सुरु गरेको छ ।


शनिबार तारकेश्वर गाउपालीकालाई यशोदादेबी भगवान सिंह मेमोरियल ट्रसबाट प्राप्त पिपिए र एप्रोन हस्तान्तरण गरिएको कांग्रेश नेता केशब अर्यालले बताए ।


कोरोना भाइरस संक्रमण न्युनिकरण गर्न तथा सेवामा खटिएका स्वास्थ्यकर्मीहरु लाई सहयोग गर्ने र स्वास्थ्य सामग्री अभावको समस्या समाधान हुने भन्द्रै यसोदोवी भगवान सिंह मेमोरियल ट्रसबाट प्राप्त सामाग्री हस्तान्तरण सुरु गरेको नेपाली कांग्रेशका जिल्ला सभापति जगदिश नरसिंह केसीले बताए । नेता केसीले तारकेश्वर ,दुप्चेश्वर, शिवपुरी, सुर्यगढी लगाएतका गाउपालीकामा पिपिए र एप्रोन हस्तान्तरण गरिसकेको बताए ।

केहि दिनमा बाकी रहेका पालीकाहरुको स्वास्थ्य चौकीहरुको लागी स्थानिय जनप्रतिनिधी मार्फत स्वास्थ्य सामाग्री पुर्याएने नेता केसीले बताए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्