जिल्ला त्रिशुली अस्पतालको टिम निकै राम्रो तयारिमा – संघिय सांसद तामाङ
कोरोना भाइरस नियन्त्रणका लागी नुवाकोटका पालीकाहरुमा भएको तयारीको अनुगमन गरिएको छ ।
अनुगमनको क्रममा जिल्ला अस्पतालमा निकै राम्रो तयारी रहेको संघिय सांसद तामाङले बताउनु भयो । उहाले त्रिशुली अस्पतालको टिम निकै राम्रो तयारीे अबस्थामा रहेको बताउनु भयो
कोरोना भाइरस कोभिड(१९ को बिश्वब्यापी प्रकोप नियन्त्रणको लागी नुवाकोट जिल्लामा भैरहेके तयारीको बिषयमा संघिय सांसद हितबहादुर तामाङ, बागमतीप्रदेशका उप सभामुख राधिका तामाङ, बागमती प्रदेश सांसद हिरानाथ खतिवडा, जिल्ला समन्वयन समितीका प्रमुख सन्तमान तामाङ, त्रिशुली अस्पतालका ब्याबस्थापन समीतिका अध्यक्ष अर्जुन न्यौपाने , प्रमुख जिल्ला अधिकारी द्रोण प्रसाद पोखरेल ,प्रहरी प्रमुख अबिनारायण काफ्ल, जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट रेमकुमार राई लगाएतको टोलिले शनिबार संयुक्त रुपमा अनुगमन गरेका छन् ।
संघिय सांसद हितबहादुर तामाङ र राधिका तामाङको टोलीले शनिबार दुप्चेश्वर गाउपालीका , तादी गाउपालीका , शिवपुरी गाउपालीका र पंचकन्या गाउपालीकाको वडा नं १ मा रहेको क्वारेन्टीन घर र आइसोलेसनकोे अबस्था बुझेका छन् ।
अनुगमनको क्रममा पुर्वाधार निकै राम्रो पाइएको संघिय सांसद तामाङले बताउनु भयो । स्वास्थ्य सामाग्री, उपकरण तथा जनशक्तिको भने ति स्थानहरुमा अभाब रहेको छ । संघिय सरकार, प्रदेश सरकार, स्थानिय सरकारको पहलमा ति समस्या समाधान गरिने संघिय सांसद तामाङले बताउनुभयो ।
उक्त टोलीले शिवापुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र तादी गाउँपालिकालाई १ १थान इन्फ्रारेड थर्मोगन हस्तान्तरण गरेको छ ।
अनुगमनको क्रममा जिल्ला अस्पतालमा निकै राम्रो तयारी रहेको संघिय सांसद तामाङले बताउनु भयो । उहाले त्रिशुली अस्पतालको टिमले निकै राम्रो तयारीे अबस्थामा रहेको बताउनु भयो ।
टोलीले जिल्लामा रहेका स्वास्थ्यकर्मीहरुको सुरक्षा अबस्था, बिदेश र जिल्ला बाहिरबाट घर फर्कनेहरुको संख्या र तीनका स्वास्थ्य स्थिति , दैनिक ज्यालादारी एवम् विपन्न समुदायलाई वितरण गर्ने भनिएको राहत सम्बन्धि मापदण्ड र त्यसको लागि स्थानीय निकायहरुले लगत संकलन सम्बन्धि प्रगति विवरण लगायतका बिषयहरुमा अध्ययन तथा छलफल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्