जेष्ठ नागरिक तथा छात्राबासमा बिदुर कर परामर्शले खाद्य सामाग्री बितरण गर्यो
बिश्वमा फैलिरहेको कोराना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले सरकारले चैत्र ११ बाट देशभर लक डाउनको घोषणा गर्यो । नुवाकोटमा चैत्र १२ गतेबाट नुवाकोट प्रशासनले स्थानियले अटेरी गरेको भन्दै निषेधाज्ञा जारी गर्यो । राज्यले जनातालाई सुरक्षित राख्न गरेको लकडाउनका कारण जनता नै मारमा नपरुन् भन्दै राज्य ,स्थानिय निकाय बिभिन्न संघसंस्था तथा समाज सेवीहरु यतिखेर लक्षित बर्गमा राहात लिएर पुग्न थालेका छन् ।
शनिबार बिदुर कर पराशर्म केन्द्रले अनाथ बालबालिका, जेष्ठ नागरिक र एचआईभी संक्रमितलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।
विदुर कर परामर्श केन्द्रले विदुर नगरपालीका वडा नं २ मा रहेको आमाको माया छात्राबासमा रहेका २४ जना अनाथ बालबालिकाहरुको लागि खाद्यान्न सामग्री वितरण गरेको छ ।
त्यस्तै शनिबर नै केन्द्रले बिदुर नगरपालीका वडा नं ५ देबिघाटमा रहेको जेष्ठनागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष बिष्णु प्रसाद नेपाललाई खाद्य सामागी्र हस्तान्तरण गरेको छ । हाल ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा ३० जना जेष्ठ सदस्यहरु छन् भने त्रिशुली प्लसद्वारा भरणपोषण गरिरहेका एचआईभी संक्रमितको लागी पनि संस्थाले पनि खाद्यान्न सामग्री उपलब्ध गराएको छ ।
केन्द्रका निर्देशक दिनेश श्रेष्ठका अनुसार १२ बोरा चामल, १ बोरा दाल, २५ प्याकेट नुन, ३ बाकस सनफ्ल्वार तेल, २ बोरा आलु र तीन थान डिटोल ह्याण्ड वास गरी ३५ हजार बराबरको सामाग्री ति संस्थाहरुलाई हस्तान्रण गरिएको छ ।
फोटो: सुनील श्रेष्ठ
प्रतिक्रिया दिनुहोस्