पुनर्निर्माण प्राधिकरण रसुवाका प्रमुख गाडीसहित प्रशासनको नियन्त्रणमा

पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख लेखनाथ पोखरेललाई गाडीसहित स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ ।
लकडाउनको समयमा विनापास सरकारी गाडी लिएर घुमफिरमा निस्किएको पाइएपछि प्रमुख पोखरेललाई गाडीसहित गत्लाङबाट स्थानीय प्रशासनले नियन्त्रणमा लिएको हो । स्थानीयका अनुसार मदिरा पिएको अवस्थामा आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङमा उनी सरकारी गाडीसहित भेटिएका थिए ।यो समाचार अनु आचार्यले नया पत्रिकामा लेखेकिछिन् ।
डिजेल र पेट्रोल लिन भन्दै प्रमुख पोखरेलले जिल्ला प्रशासन कार्यालयबाट पुनर्निर्माण प्राधिकरण कार्यालयको बा.२झ ३८७९ नम्बरको गाडीको सदरमुकाम धुन्चेदेखि बेत्रावतीसम्मको पास लिएका थिए । तर, उनी गत्लाङ पुगेका थिए । स्थानीयले प्रमुख पोखरेलसँगै पुनर्निर्माण प्राधिकरण रसुवाका पाँचजना कर्मचारीलाई समेत नियन्त्रणमा लिएर स्थानीय प्रहरी चौकीमा बुझाएका थिए ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका
अनुसार जानकारी नदिई उनीहरू गत्लाङ पुगेको पाइएको छ । तर, पुनर्निर्माण
प्रमुख पोखरेलले भने प्रशासनसँग अनुगमनका लागि गएको दाबी गरेका छन् ।
सवारीचालक रुघाखोकीले ग्रस्त रहेको र अन्य चारजनाले मदिरा पिएको अवस्थामा
नियन्त्रणमा लिइएको स्थानीयले बताएका छन् । थाम्बुचेतबाट प्रहरीले
नियन्त्रणमा लिएको गाडी मानचेतस्थित नेपाली सेनाको ब्यारेकमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्