१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा २ सय ३८ शैय्याको क्वरेन्टीन (एकान्तवास) निर्माण

कोरोना भाइरसको सङ्क्रमण रोक्न नुवाकोटमा विदेशबाट आएकालाई क्वरेण्टीनमा राख्न थालिएको छ ।
भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका र विदेशबाट फर्किएका व्यक्ति राख्न नुवाकोट जिल्लामा २ सय ३८ शैय्याको क्वरेन्टीन (एकान्तवास) निर्माण गरिएको छ ।

शङ्कास्पद व्यक्तिलाई राख्नका लागि जिल्लामा रहेका १२ वटै स्थानीय सरकारले आवश्यकताको आधारमा एकान्तबास तयार गरेर सञ्चालनमा ल्याएको जनाएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा एकान्तवास सञ्चालनबारे स्थानीय सरकारले जनाएको प्रतिबद्धताअनरुप आवश्यकतानुसार सबैले निर्माण गरेर सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार विदेशबाट फर्किएका व्यक्ति होम क्वरेन्टीनमा बस्न अटेर गरेकाले उनीहरुलाई विदुर नगरपालिकाले तयार गरेको शैक्षिक तालिम केन्द्रमा राखिएको छ ।

विदेशबाट फर्किएकामध्ये ७१ जना आफ्नै निवासको एकान्तवास बसेका छन् । विदेशबाट फर्कनेको तथ्याङ्क सङ्कलन कार्य जारी गरेकोले यो सङ्ख्या बढ्ने अनुमान छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्