१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वरमा १९ शैयाको क्वारेन्टीन ,“ आबश्यकता अनुरुप अरु पनि बनाउछौ”- अध्यक्ष वस्ती

नुवाकोटको तारकेश्वर गाउपालीकामा रहेको गोस्र्याङ स्वास्थ्य चौकीमा भवनमा १० शैयाको क्वरेन्टीन स्थल निर्माण गरिएको छ ।

तारकेश्वर गाउपालीका वडा नं ५ मानेडाडाको गोस्र्याङ स्वास्थ्यचौकीमा गाउपालीका अध्यक्ष रमेश बहादुर वस्ती, प्रमुख प्रशासकीय अधिकृत माधव घिमिरे , स्वास्थ्य शाखा प्रमुख, वडा अध्यक्ष तथा समाज सेवीहरुको टोलीको सक्रियतामा क्वरेन्टीन निर्माण गरिएको नेकपा जिल्ला सदस्य हरि रिमालले जानकारी दिनु भयो ।

१० शैयाको क्वरेन्टीन वडा नं १ ,५ र ६ को लागी निर्माण गरेको बताउदै अध्यक्ष रमेश वस्तीले आवश्यकता अनुसार अन्य स्थानमा समेत क्वरेन्टीन बनाइने बताउनुभयो ।


पालीकाले वडा नं ४ को नेवारपानीमा ९ शैयाको क्वारेन्टीन बिहिबार नै निमार्ण गरिसकेको छ । हाल पालीकामा १९ शैयाको क्वारेन्टीन बनेको छ । आबश्यकता अनुरुप क्वारेन्टीन थप गर्दै लैजाने पालीकाको तयारी रहेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

उक्त टोलीले संक्रमित देशबाट आउनेहरुलाई आफु र आफ्नाको सुरक्षाको लागी सुरक्षीत बस्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्