लिखु गाउपालीकाद्धारा सोमबारबाट हेल्थ डेस्क संचालनमा
कोरोना भाईरस (कोभिड (१९) को सङ्क्रमणबाट पालीकालाइ सुरक्षित राख्न लिखु गाउपालीकाले सोमबारबाट हेल्थ डेस्क संचालनमा ल्याएको छ ।
कोरोना भाइरस विरुद्धको सचेतना फैलाउने उदेश्यले लिखु गाउपालीका वडा नं १ को ढिकुरे बजार, लिखुगाउपालीका वडा नं ६ को छहरे बजारमा हेल्थ डेस्क स्थापनाा गरिएको छ । आज नै लिखु गाउपालीका वडा नं ४ को चौघडामा पनि हेल्थ डेस्क संचालन गरिने पालीकाका अध्यक्ष धुर्व श्रेष्ठले जानकारी दिनु भयो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लिखु गाउपालीका तथा जिल्ला प्रहरी कार्यलय नुवाकोटको साझेदारीमा उक्त हेल्थ हेस्क संचालनमा ल्याईएको हो ।
लिखु गाउपालीकाले कोरोना नियन्त्रणका लागी पालीका तथा वडा बाहिर हात धुने ब्याबस्था मिलाइएको पालीका अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । उहाले जनतालाई साबुन पानीले हात धुन तथा सेनिटाइजरको प्रयोग गर्न सिकाएको बताउनु भयो । पोष्टर पर्चा बनाएर बितरण गरिएको छ भने बजार क्षेत्रमा हात धुने ब्याबस्था मिलाउन पानी र साबुनको ब्याबस्था गरिने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
लिखु गाउपालीकामा रहेको हेल्थ डेस्क समेत गरेर नुवाकोटमा सोमबार बिहान सम्म १२ वटा संचालनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्