१ आश्विन २०८१, मंगलवार
Logo

बजारमा अभाव रहेको ह्याण्ड स्यानिटाइजरको स्थानिय युवाहरुले उत्पादन गरे

बजारमा अभाव भैरहेको ह्याण्ड स्यानिटाइजरको नुवाकोटको बट्टारमा स्थानिय युवाहरुले उत्पादन सुरु गरेका छन् ।
बिश्वब्यापि रुपमा फैलिरहेको कोरोनाको कारण बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव छ । अभावको समस्यालाई न्यनिकरण गर्नको लागी युवाहरुले बट्टारको संगम चोकमा उत्पादन सुरु गरेका हुन् ।

सेनिटाईजर बनाउन तालिम प्राप्त युवाहरुले एलोभेरा, ग्लिसिरीन, सर्जिकल स्प्रिड, रोज वाटर, कपुर लगायतका सामग्रीहरुको मिश्रणबाट सेनिटाईजर बनाएको यात्रुहरुले बताएका छन् ।
उत्पादन सुरु भएका संगै नुवाकोटको पंचकन्या गाउपालीकाले ५० लिटर सेनिटाइजर अडर गरेको उनीहरुले बताएक छन् । बाकी रहेको सेनिटाइजर स्थानिय बजारमा बिक्री गरिने लक्ष्य रहेको छ । बजारमा सामान उपलब्ध भए सम्म उत्पादनमा जोड दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्